|

लमजुङ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले यस्तो बताए। नेपाली कांग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो कांग्रेसको सुदृढीकरणको लागि भएको उनको दाबी थियो।

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आएका नेता कोइरालाले कांग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

समानुपातिकको मतको आधारमा पनि कांग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उनले गिरिजाबाबुले भनेजस्तै कांग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गरे।

“कांग्रेसलाई जनमत पटक्कै नभएको हैन” कोइरालाले भने, “जनताको चाहना कांग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ।”

त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ। विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.