|

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नम्बरको बसको पंग्रा (टायर) पड्केर विपरित दिशाबाट आउँदै गरेको युपी ८३ एटि ३९६६ नम्बरको भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.