|

काठमाडौं : भारतको बनारस हिन्दु विश्वविद्यालयले अन्तर्गतको मेडिकल कलेजमा एमबिबिएस भर्ना गराइदिने भन्दै पैसा उठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

ठगीमा संलग्न पर्साका रमेशप्रसाद चौहानलाई अपराध महाशाखा टेकुको टोलीले बिहिबार ललितपुर धोबिघाटबाट पक्राउ गरेको हो।

पर्सा विन्दाबासिनी नगरपालिका- २ का चौहानले बर्दिया बढैयाताल गाउपालिका- ८ का अंकित गुप्ताबाट एमबिबिएस भर्ना गरिदिने भन्दै शैक्षिक योग्यताको प्रमाणपत्रहरू र ८ लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ। 

चौहानले गुप्तालाई एमबिबिएस भर्ना नगरी भर्ना गरेको नक्कली कागजपत्र देखाएर थप ३० देखि ३५ लाख भरतीय रुपैयाँ माग गरेका थिए। उनले बारम्बार ताकेता गर्न थालेपछि गुप्ताले महाशाखामा उजुरी दिएका थिए। 

गुप्ताको उजुरीका आधारमा चौहानलाई पक्राउ गरिएको माहाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रतीले बताए। चौहानबाट अन्य व्यक्ति पनि ठगीएका हुन सक्ने भन्दै प्रहरीले उनलाई अनुसन्धानलागि महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको उप्रेतीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.