|

कालिकोट : पूर्व महिला तथा बालबालिका र पर्यटनमन्त्री मन्त्री तथा नेपाल कम्युनिस्‍ट पार्टीका  प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई मातृशोक परेको छ। 

नेता विश्वकर्माकी ७३ वर्षीया आमा भरता विश्वकर्माको बिहीबार निधन भएको हो। कालिकोट रहरिनाथ गाउँपालिका ६ माल्कोटमा विश्वकर्माकी आमाको निधन भएको हो। नेता विश्वकर्माकी आमा लामो समयदेखि दम र नशासम्बन्धी रोगले ग्रसित थिइन्। विश्वकर्माका ३ छोरा र १ छोरीमध्ये २ छोराले माओवादी सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.