|

झापा : झापामा १ हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै सो तथ्यांक सार्वजनिक गरेको हो।

झापाका सहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण रोगीको संख्या अझै नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत वेदप्रकाश घिमिरेले बताए।

झापामा हालसम्म छैठौंपटकसम्म औषधि वितरण गरिए पनि हात्तीपाइले रोगीको संख्या नघटेकाले यो वर्ष पनि झापामा फागुन १२, १३ र १४ गते हात्तीपाइलेविरुद्धको औषधि वितरण गरिने उनले बताए।

८ लाख ९५ हजार ४१९ जनसंख्या रहेको झापामा यसपटक १ लाख ४८ हजार ९६६ जनाले औषधि सेवन गर्ने जनाइएको छ। दुई वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथि उमेर समूहका मानिसलाई औषधि सेवन नगराइने जनाएको छ। त्यस्तै, सुत्केरी, दीर्घरोगीलाई पनि यो औषधि सेवन गर्न नहुने जनस्वास्थ्य अधिकृत जीवन चौलागार्इंले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.