|

काठमाडौं : साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार फिल्म निर्माण कम्पनी 'आइकोर फिल्म्स'को युट्युब च्यानलमार्फत ‘थाहै भएन' बोलको अडियो गीत रिलिज गरेको हो। सार्वजनिक उक्त गीतमा स्वप्न सुमनको शब्द, संगीत र स्वर समावेश छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धीरज मगरका रोमान्टिक तस्वीरहरू प्रस्तुत गरिएको छ। भिडियोमा भएको तस्वीरमा साम्राज्ञी र धीरजको जोडी सुहाएको देखिन्छ। धीरजले यसै फिल्मबाट डेब्यु गर्दै छन्। रोमान्टिक लभस्टोरी फिल्ममा साम्राज्ञी र धीरजसँगै सरुक ताम्राकारको पनि मुख्य भूमिका छ।

कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्ममा प्रज्ज्वलशमशेर जबरा र रेनशाकै कथा, अभिमन्यु दीक्षित र रेनशाको लेखन, टिसुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको यस फिल्ममा सुलेखा राई, वसन्त तामाङ र सुस्मिता जिरेल सहनिर्माता रहेका छन्। फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन्।

नेपालको सम्पूर्ण छायांकन सकेको फिल्मको बेलायत छायांकन बाँकी रहेको निर्माण पक्षले जनाएको छ। बेलायतमा पनि केही दृश्य खिचिसकेको फिल्मले बाँकी दृश्य वसन्त ऋतुको अवसर पारेर खिचिनेछ। यस फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।

सुन्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.