|

काठमाडौं : श्वेता खड्काले निर्माण गरेको फिल्म 'कान्छी' शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन भइरहेको छ। पहिलो सातामा सफल व्यापार गरेको 'कान्छी'ले दोस्रो सातामा पनि ८० बढी हल पाएको छ। 'कान्छी'को व्यापारिक रिपोर्ट भने सार्वजनिक गरिएको छैन।

फिल्म प्रदर्शनको दोस्रो सातामा कान्छी टिम मोफसल यात्रामा निस्किएको छ। नायिका तथा निर्मात्री श्वेता खड्का, नायक विनोद न्यौपाने र कलाकार दिलीप पन्त हेटौँडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन्।

'हामी खुसी साट्न मोफसल निस्किएका हौँ', श्वेताले भनिन्, 'कान्छीलाई राजधानीसँगै मोफसलका दर्शकले पनि राम्रो साथ दिनुभएको छ। उहाँहरूलाई धन्यवाद दिन हाम्रो युनिट मोफसलका मुख्य शहरमा निस्किएको हो।' निर्देशक आकाश अधिकारी र अभिनेता दयाहाङ राई भने व्यस्तताका कारण मोफसल जान नपाएको श्वेताले बताइन्।

रिलिजपूर्व नै लगानी सुरक्षित गरेको 'कान्छी'ले सार्वजनिक प्रदर्शनीबाट सोचेभन्दा राम्रो दर्शकको साथ पाइरहेको छ। श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनको लामो अन्तरालमा पर्दामा फर्किएकी श्वेतालाई दर्शकले साथ दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.