|

  • राजेन्द्र पनेरु

कञ्चनपुर : गोठालो गएकी पुनर्वास नगरपालीका- ११ भीमबस्तीकी ६५ बर्षीया पानमती धामीको शव क्षत-विक्षत अवस्थामा भेटिएको छ।

बिहिबार गोठालो गएकी धामीको शुक्रबार भीमवस्तीको सिद्धदेवी मन्दिर भन्दा २ किलोमिटर टाढा जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए।

धामीको टाउको र अनुहारमा गहिरो घाउ रहेकाले हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलमा खटिएको छ। गहना लुट्ने मनसायले हत्या गरिएको हुनसक्ने आशंका गरिए पनि कारण भने अझै खुल्न नसकेको जोशीले बताए।

१ वर्ष भित्र अज्ञात समुहद्वारा पुर्नवासमा ४ जनाको हत्या भइसकेको छ। साउन २९ गते पुनर्वास नगरपालिका ११ भिमबस्तीमा सिद्धादेवी मन्दिरमा बस्दै आएकी ७९ वर्षीया धर्मा मल्ल,  भदौ ११ गते पुनर्वास नगरपालिका ९ का ३० वर्षिय सुरज कार्की र मंसिर १९ गते पुनर्वास नगरपालिका १० का ५० वर्षिय मेघसिंह धामीको पनि हत्या भएको थियो।

बारम्बार एउटै प्रकृतिका घटना दोहोरिरहँदा पनि लामो समयसम्म हत्याराको पत्ता लाग्न नसक्दा स्थानीय नागरिकमा त्रास फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.