|

सुनसरी : खोलाको कटान नियन्त्रणका लागि इटहरी उपमहानगर कार्यपालिकाको बैठक पहिलो पटक खोला किनारमै बसेको छ। इटहरी उपमहानगरको समस्याको बिषय बनेको सेरा खोला नियन्त्रणका लागि ठोस योजना ल्याउन भन्दै शुक्रबार नगरकार्यपालिकाको बैठक खोला किनारमा बसेको हो।

सेरा खोलाको किनार पाञ्चकन्यास्थित गैडे आहाल भन्ने ठाँउमा बसेको कार्यपालिका बैठकमा खोलाबाट वर्सेनि आउने बाढी नियन्त्रणको उपायका बारेमा छलफल भएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले जानकारी दिए।  बैठकले तत्काल ३० लाख बजेट छुट्याएर काम सुरु गर्ने निर्णय गरेको छ। यस्तै, सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै सेराखोला बाढी नियन्त्रणका प्रभावकारी उपाय अवलम्वन गर्न आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको छ। 

खोलामा आउने बाढीका कारण इटहरीका विभिन्न ठाँउहरु वर्सेनि डुबानमा पर्ने गरेका छन्। धरानमाथि भेडेटार पूर्व पाञ्चकन्याको डाँडाबाट वर्षाको वेला उर्लेर आउने भेलले वर्सेनि करौडौँको नोक्सान पुर्याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.