मनोरञ्जन

गाँजा बाजाको 'रिगीपिटी…' गीत सार्वजनिक
SHARES

फागुन ११, २०७४

    काठमाडौं : नामको कारण निकै विवादित फिल्म 'गाँजा बाजा'को गीत रिलिज भएको छ। शुक्रबार युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘रिगीपिटी...’ बोलको गीतमा निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको छ।

    भिडियोमा फिल्मका मुख्य कलाकार अनुपम शर्मा र सुशिल सिटौलाले पाएको दु:ख र प्रहरीसँगको भागाभाग देखाइएको छ।

    'टुका इन्टरटेन्टमेन्ट' र 'डिआर फिल्मस्'को व्यनरमा निर्माण भएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका छन्। दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाको लगानी रहेको फिल्ममा सुशील र अनुपमसँगै वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको अभिनय छ।

    याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ।

    भिडियो : 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]