राजनीति

थापाको नेतृत्वमा माओवादी सरकामा जान्छ : गुरुङ
SHARES

फागुन ११, २०७४

    भक्तपुर : नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।रफत् सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताएका हुन्।

    उनले भने,'सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ। जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ।'अबको १५ दिनभित्र २ पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उनले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष\प्रतिपक्ष नभएर वाम गठबन्धन र कांग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।

    उनले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]