|

जनकपुरधाम : अश्लील शब्द प्रयोग गरी स्कुल तथा क्याम्पस पढ्न जाने छात्रलाई जिस्क्याएको आरोपमा प्रहरीले महोत्तरी गोनरपुरा गाउँपालिका- १ का सन्तोष यादवलाई पक्राउ गरेको छ। 

३० वर्षका युवक यादवले छात्रालाई जिस्क्याएको उजुरीका आधारमा धनुषाको जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रवीण धितालले बताए। 

जिल्ला प्रहरी कार्यायल धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले शुक्रबार बिहान ६ बजे यादवलाई पक्राउ गरेको हाे।

जनकपुर उपमहानगरपालिका- ९ स्थित संकटमोचन मन्दिरको उत्तरपट्टि बाटोमा बसेर क्याम्पस गइरहेका छात्रालाई अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गर्ने गरेकाले नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक किश्मत भण्डारीले बताए। 

यादवलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ। यादवको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.