|

काठमाडौं : विश्वकप छनोट प्रतियोगितामा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिएको छ। नामिवियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले पूर्व घोषित नगद पुरस्कार वितरण गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक सदस्य, प्रशिक्षक र फिजियोलाई जनही ३ लाख हस्तान्तरण गरेका हुन्। सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ विश्वकप छनोट खेल्न जानुअघि शुक्रबार गरिएको बिदाई कार्यक्रममा टोलीका १४ सदस्य, प्रशिक्षक र फिजियोलाई प्रदान गरिएको हो।

प्रधानमन्त्री ओलीले जन्म दिनको अवसरमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई केकसमेत खुवाएका थिए। साथै मदन भण्डारी स्पोर्ट्स फाउण्डेसनले पनि सबै सदस्यलाई १\१ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।

यसैबीच आइसिसी विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बाबे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले बिदाई गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा एक कार्यक्रमका बीच सम्मान र शुभकामनासहित टोलीलाई बिदाई गरेका हुन्। समूह 'बी'मा नेपालसँगै जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। समूहका शीर्ष ३ टिम सुपर सिक्स चरणमा पुग्नेछन्। फागुन २० गतेबाट सुरु हुने प्रतियोगिताअघि नेपालले युएई र वेष्ट इण्डिजसँग अभ्यास खेल खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.