|

काठमाडौं : काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तर्राष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ। तर यसको विस्तृत अभिलेख काठमाडौं महानगरपालिकासँग छैन। 

तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको मात्र अभिलेख छ भने, १० वटा संस्थासँग भएको सम्बन्ध बारेको कागजात हराइरहेको छ। पहिलोपटक अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमितिसमेत काठमाडौं महानगरपालिकासँग छैन।

यसबारे महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन।  सचिवालयका प्रमुख साधुराम भट्टराईले भने, 'सचिवालयसँग  समेत कुनै जानकारी छैन्, म आएको एक वर्ष भयो, त्योबेलादेखिकाे मात्रै अभिलेख राखेका छौं। त्यसअघिको छैन।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.