|

युएफा युरोपा लिगको अन्तिम १६ को ड्र  सार्वजनिक भएको छ। जसमा रोमाञ्चक भिडन्तका रुपमा इंग्लिस क्बल आर्सनल र इटालियन क्बल एसी मिलान विचको प्रतिष्पर्धालाई लिएको छ। 

स्वीडिस क्लब ओस्टरसन्डसँग २-१ ले पराजित भए पनि आर्सनल युरोपा लिगको अन्तिम १६ मा अवे गोलका आधारमा स्थान बनाउनन सफल भएको थियो। त्यस्तै एसी मिलान भने लुडोजोरेट्सलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। सन् २०१२ मा आर्सनल र एसी मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा भिडेका थिए जसमा मिलानले ४-३ को रोमाञ्चक जित दर्ता गरेको थियो ।

त्यस्तै २०१३ को च्याम्पियन्स लिग उपविजेता तथा २००२ को युरोपा लिग विजेता बोरुसिया डोर्टमण्डले अष्ट्रियन च्याम्पियन रेडबुल साल्जबर्गको सामना गर्ने छ।२०१० र २०१२ को युरोपा विजेता एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोको सामना गर्ने छ भने २००८ को विजेता जेनिट सेन्ट पिटर्सबर्गले आरबी लेपजिगको सामना गर्ने छ।

अन्तिम १६ का अन्य खेलहरु 

लाजियो विरुद्ध डायनामो कियेभ

सीएसकेए मस्को विरुद्ध लियोन

मार्से विरुद्ध एथ्लेटिक बिल्बाओ

स्पोर्टिङ सीपी विरुद्ध भिक्टोरिया प्ल्जेन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.