|

काठमाडौं : नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ। नेपाली टोली शनिबार राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुबई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ।

नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो। समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ।

नेपालको पहिलो खेल घरेलु टोली जिम्बाबेसँग फागुन २० गते, स्कटल्याण्डसँग फागुन २४ गते, अफगानस्तानसँग फागुन २६ गते र हङकङसँग फागुन २८ गते खेल्नेछ। दुवै समूहका शीर्ष तीन टोली सुपर लिगमा पुग्नेछन्।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन्। अरु खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन्।

यस्तै, विनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो वैकल्पिक खेलाडीका रूपमा टिममा परेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.