|

काठमाडौं : मकवानपुरमा जारी हेटौँडा गोल्डकपको उपाधिका लागि शनिबार दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुँदैछ।

सेमिफाइनलमा मनाङ मर्स्याङदीलाई १–० ले हराउँदै आर्मी फाइलमा पुगेको हो। संकटालाई २–० ले हराएर  पुलिस क्लबले आर्मीसँगको भेट पक्का गरेको हो। आर्मी हेटौँडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनलमा पुगेको थियो।

तेस्रो पटक पनि उसले आफ्नो फाइनल यात्रा कायम राखेको छ। पहिलो संस्करणमा मनाङसँग पराजित भएको आर्मीले दोस्रो संस्करणमा मनाङलाई हराउँदै उपाधि जितेको थियो। नेपाल पुलिस क्लब भने पहिलो पटक हेटौँडा गोल्डकपको फाइनलमा पुगेको हो।

दुवै टिम फाइनल जित्ने दाउमा रहेका छन्। दुवै टिमका क्याप्टेन र प्रशिक्षकले शनिबारको खेल जित्ने रणनीतिक साथ मैदानमा उत्रिने बताएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.