|

काठमाडाैं : हात्तीपाइले रोगविरुद्ध देशका २४ जिल्लामा सरकारले औषधि खुवाउँदैछ। 

पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका ९१ लाख ५४ हजार जनालाई औषधि खुवाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

राष्ट्रिय आम औषधि सेवन कार्यक्रममार्फत ती जिल्लामा तीन दिनसम्म औषधि खुवाइने महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विवेककुमार लालले बताए। 
 सेवन गरेको केही समयपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या आउन आए औषधिले काम गरेको भन्ने बुझ्नुपर्ने उनको भनाइ छ। 

कार्यक्रमका लागि ८ हजार ५ सय ५७ स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ। संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइले सर्ने हात्तीपाइले रोगबाट ३० हजार बढी मानिसमा अपाङ्गता भएको छ।

शनिबार छुटेकाहरुले आइतबार वा सोमवार औषधि खानसक्ने महाशाखाले जनाएको छ। सन् २०२० सम्ममा हात्तीपाइले निवारण गर्ने सरकारको लक्ष्य छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.