|

काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले डा. गोविन्द केसीलाई प्रधानन्याधीश गोपाल पराजुलीको चारित्रिक प्रमाणपत्र उपलब्ध नगराउने भएको छ। 

डा. गोविन्द केसीसहित ५ जनाले राष्ट्रिय परीक्षा बोर्डमा प्रतिलिपी उपलब्ध गराई पाऊँ भनी निवेदन दिएका थिए। बोर्डले नेपालको संविधानको धारा २८ र सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा २ बमोजिम सम्बन्धित व्यक्तिको सहमतिविना कुनै पनि सूचना अन्य व्यक्तिलाई उपलब्ध गराउन नमिल्ने उल्लेख गरेको हुँदा प्रतिलिपि केसीलाई उपलब्ध नगराउने भएको हो। 

त्यस्तै बोर्डले प्रधानन्यायाधीश गोपाल पराजुलीको लिखित सहमति वा यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको हुँदा अदालतले दिने आदेश दिएमा मात्र दिन मिल्ने उल्लेख गरेको छ। 

हेर्नुहोस् परीक्षा बोर्डको विज्ञप्ति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.