|

काठमाडाैं : कांग्रेस सांसदहरुको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। तर सांसदहरुको बैठकमा प्रवक्ता उपस्थित रहने परम्परालाई तोड्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बैठकमा सहभागी छैनन्। 

पहिलो बैठकमा किन अनुपस्थित रहे शर्मा?  

सामाजिक सञ्जाल ट्वीटरमा 'नैतिक कारणले प्रथम बैठकमा अनुपस्थित' शीर्षकमा उनले बैठकमा सहभागी हुनुपर्ने भए पनि नैतिक कारणले नजाने निर्णय गरेको लेखेका छन्।  

यस्तो छ उनको ट्वीट–

संसदीय दलको बैठकमा पार्टी प्रवक्ता सहभागी रहने जिम्मेवारीको प्रचलन रहे पनि गत निर्वाचनमा उपविजेता भएको अर्थमा प्रथम बैठकमा नैतिक कारणले अनुपस्थित रहने निधो गरेँ।  प्रवक्ताको भूमिका निर्वाह गर्न आगामी बैठकहरुमा भने मेरो सहभागिता रहने नै छ। 

शर्मा केही समयअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.