|

केही समयअघि आइपिएल अक्सनबाट दिल्ली डेयर डेभिल्समा स्थान बनाउन सकेका नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने अन्तत: क्यारेबियन प्रिमियर लिग (सिपिएल)को ’ड्राफ्ट’मा समेत स्थान बनाउन सफल भएका छन्। स्रोतका अनुसार औपचारिक रूपमा खेलाडीको नाम सार्वजानिक नगरिए पनि नेपालको तर्फबाट सन्दीपले क्यारेबियन लिगका लागि आफ्नो नाम राख्‍न पहल गरेका थिए।

शुक्रबार राति घोषणा गरिएको ड्राफ्टमा ३ सय ४८ खेलाडी छन्। जसमा  २ सय २७ विदेशी तथा इन्डिजका १ सय २१ जना खेलाडीले ड्राफ्ट स्थान बनाएका छन्।
अक्सन १ मार्चमा सिपिएलका लागि फ्रेन्चाइज टिमले खेलाडीको बोली भने मार्च १ मा लगाउनेछन्। अक्सन लन्डनमा हुने सिपिएलले जनाएको छ। नेपालसहित १८ देशका खेलाडी सिपिएलको ड्राफ्टमा छन्। अधिकांश टेस्ट राष्ट्रसहित क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडीले ड्राफ्टमा स्थान बनाएका छन्।

सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।

ड्राफ्टमा नेपालको तर्फबाट राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने रहेको क्यान स्रोतले जनाएको छ। सन्दीपले उनले ड्राफ्टमा नाम राख्‍नका लागि पहल गरेका थिए। यसअघि, सन्दीप गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सूचीमा परेका थिए। उनलाई अक्सनमार्फत दिल्ली डेयरडेभिल्सले २० लाख बेस प्राइसमा आबद्ध गरेको थियो। त्यसअघि, पाकिस्तान प्रिमियर लिग र ढाका प्रिमियर लिगको ड्राफ्टमा परेका सन्दीप अक्सनमा भने छनोट हुन असफल भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.