|

सुर्खेत : प्रदेश ६ को अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमा विशष सरसफाइ अभियान शुरु भएको छ। शनिबार बिहानै प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हातमा झाडु लिएर सडक सफाइ गर्दै सुर्खेत बजार विशेष सरसफाइ अभियान सुरु गरेका छन्। सरसफाइ अभियानमा सहभागी हुँदै मुख्यमन्त्री शाहीले कुनै पनि काम सानो ठूलो नहुने भन्दै हामीले आशा र कल्पना गरेको सम्बृद्ध र विकसित प्रदेश निर्माण गर्नका लागि प्रत्येक व्यक्तिले श्रममा सहभागी हुनुपर्ने बताए।

हरेक व्यक्तिले अरुको कुरा काटेर वा आलोचना गरेर समय खेरफाल्नुभन्दा आ–आफ्नो जिम्मा र भूमिकालाई इमान्दारीका साथ निर्वाह गरे देश धेरैहदसम्म सफल हुने मुख्यमन्त्रीको भनाइ छ। मुख्यमन्त्री शाहीले प्रदेश ६ को राजधानीको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर बजारलाई हरित बजारको रुपमा विकास गरीने बताए।

सुर्खेतको मुख्य बजारमा रहेको मंगलगढी चोकमा मुख्यमन्त्री, मन्त्री, सरकारी निकायका कर्मचारी, सुरक्षा निकायका टोलीसहित स्थानीय तहका जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु र सर्वसाधारणहरु सहभागी रहेको थियो। सरसफाइ अभियान प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुुरु भएको हो।

बजार एवं सहर व्यवस्थापन अभियान २०७४ अन्तर्गत वीरेन्द्रनगर पालिकाले विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको हो। त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका फुटपाथ व्यापार शनिबारदेखि आफैँ उठाउने भएको छ।

नगरपालिकाले केही दिनअघि १५ दिनभित्र फुटपाथ हटाउन आग्रह गर्दै सूचना जारी गर्दा पनि फुटपाथ व्यापारीहरुले अटेर गरेपछि अब कडाइ गर्न लागिएको हो। ‘बजार एवं सहर व्यवस्थापन अभियान २०७४’ अन्तर्गत नगरपालिकाले अब फुटपाथ व्यापार गर्नेलाई जरिवानासमेत तिराउने नगरप्रमुख देवकुमार सुवेदीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.