|

सुर्खेत :  प्रदेशका ६ का आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य  छानबिनका लागि समिति गठन गरेका छन्। 
मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि शनिबार एक समिति गठन गरेका हुन्।

घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको कानुनमन्त्री भण्डारीले जानकारी दिए। 
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वली, सडक डिभिजन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रतिनिधि, ट्राफिक कार्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकृत प्रतिनिधिलाई सदस्य तोकिएको छ। 

समितिले दुर्घटनाका कारण खोजी गरी त्यसको न्यूनीकरण गर्न मन्त्रालयमा सिफारिस सहितको प्रतिवेदन पेस गर्ने र त्यसैका आधारमा आवश्यक कार्य गरिने बताइएको छ।  बिहीबार साँझ दैलेखमा भएको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने चारजना गम्भीर घाइते भएका थिए। 

यो पनि पढ्नुस्

दैलेख जीप दुर्घटनामा ४ को मृत्यु , ३ को पहिचान खुल्यो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.