|

कञ्चनपुर : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झण्डा देखाउने ५ जना जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ। मानव बेचबिखनविरुद्ध माइती नेपालद्वारा आयोजित मेची–महाकाली जनचेतना अभियान उद्घाटनका लागि कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टलाई महेन्द्रनगर बजारमा कालो झण्डा देखाउने क्रममा ५ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पवन नेपाली, अमराज वि.क., लालबहादुर वि.क., रुपेश वि.क. र शंकर टमटा रहेका छन्। प्रदेश सरकारलगायत राष्ट्रियसभामा दलित समुदायको प्रतिनिधित्व कम भएको भन्दैविरोध स्वरुप कालो झण्डा देखाउने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए।

प्रदेशमा मन्त्री नियुक्त गर्दा दलित समुदायको प्रतिनिधित्व नगराइएको, प्रतिनिधिसभा र राष्ट्रियसभामा न्यून प्रतिनिधित्व गराइएको भन्दै उनीहरूले विरोध स्वरूप कालो झण्डा देखाइएको दलित साझा विद्यार्थी मञ्चका दिनेश लोहारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.