|

भद्रपुर, (झापा) : पछिल्लो समयमा खुला सीमाको फाइदा उठाउँदै भारततर्फ मानव बेचबिखनका घटना बढेका छन्। यस्ता घटना बढेसँगैे नियन्त्रणका लागि  झापाबाट ६ दिने मेची–महाकाली जनचेतना यात्रा अभियान  सुरु भएको छ।

शनिबार माइती नेपालले झापाको पूर्वी नाका काँकडभिट्टाबाट यात्रा सुरु गरेको हो। ६ दिने यात्रा अभियान फागुन १७ गते हेटौँडामा पुगेर समापन हुने जनाइएको छ। ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने नाराका साथ सुरु गरिएको यात्रा अभियानको उद्घाटन झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल गरे। मानव बेचबिखन रोकथाम मुख्य उद्देश्य रहेको बताइएको छ।

अभियानको उद्घाटन कार्यक्रममा संघीय प्रहरी इकाइ कार्यालय भद्रपुरका वरिष्ठ प्रहरी उपरीक्षक पिताम्वर अधिकारी, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसी, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलगायतको सहभागिता रहेको थियो।

खुला सीमा नाकाबाट विभिन्न बाहाना तथा प्रलोभनमा पारी चेलिबेटी बेचबिखनका घटना दिनप्रतिदिन बढ्न थालेको भन्दै यसको रोकथामका लागि यात्रा सुरु गरिएको माइती नेपाल पूर्वाञ्चल संयोजक गोबिन्द घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.