|

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता र लोकतन्त्रको विरोधी रहेको आरोप लगाएका छन्। नेपाल प्रेस युनिनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संरचनामा प्रेस’ विषायक अन्तक्रिया कार्यक्रम शर्माले अहिलेको सरकारले लोकतन्त्र नचाहेको आरोप लगाएका हुन्।

उनले भने,‘ कांग्रेसले एकल संक्रमणीय प्रणालीसहित राष्ट्रियसभा सम्बन्धी अध्यादेश नल्याएको भए राष्ट्रियसभा विपक्षी रहित हुने थियो। त्यो प्रणालीको विरुद्ध लाग्ने व्यक्ति नै प्रधानमन्त्री भएका छन्। उनले कस्तो लोकतन्त्र चाहेका छन् भन्ने प्रस्ट छ।’ 

उनले उनले कांग्रेसले पार्टीको बैठक बालुवाटारमा राख्दा ढुकुटी सक्यो भन्ने पार्टीहरुले पार्टी एकता नै बालुवाटारमा गरेको आरोप लगाए। प्रवक्ता शर्माले कांग्रेसले धेरै विकास गरे पनि प्रचार गर्न नजानेको बताए। उनले भने,‘कांग्रेसले देश विकासमा धेरै योगदान गरेको छ। तर, हामीले प्रचार गर्न जानेनौँ २०५६ मा भ्याट लागू गर्दा वर्सेनि अरबौँको बजेट राज्यले ल्यान सक्यो। तर नो भ्याट भन्दै त्यसबेला संसद अवरुद्ध गर्नेहरु नै अहिले त्यसैमा मोज गर्दै छन्।’

प्रवक्ता शर्माले शीतल निवासमा बस्नेको सोच र संस्कार नारायणहिटीमा बस्नेको जस्तो हुन नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.