|

 बारा : बाराको करैयामाई गाउँपालिका–७ स्थित बारा बजार नजिकैबाट प्रहरीले शुक्रबारराति ३ थान सालको गोलियासहित शिबनाथ साहलाइ पक्राउ  गरेको छ।

इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी नायव निरीक्षक सुरेन्द्र चौधरीको नेतृत्वमा खटिएको टोलीले टायरगाडामा लोड गरी ल्याउँदै गरेको अवस्थामा  बारागढी गाउँपालिका–४ पिपराका साह पक्राउ परेका हुन्। साथै,  ११ क्युफिट सालको गोलियासहित काठ लोड गरी ल्याउँदै गरेको गाडा, गोरु र साइकलसमेत प्रहरीले बरामत गरेको छ।

पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि तामागढी वन सेक्टर कार्यालयमा बुझाइएको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.