|

जनकपुरधाम : प्रदेश २ मा संघीय सचिवालयबाट खटाइएका कर्मचारी बिना जानकारी कार्यस्थलमा नआएपछि मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीलाई सहयोगको लागि पत्र लेखेका छन्।

मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा खटाइएका कर्मचारीहरू अझै पनि उपस्थित नभएको र प्रदेशका लागि चाहिने आवश्यक स्रोत र साधनको पनि अभाव रहेको भन्दै सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन्।

मुख्यमन्त्री राउतले गत फागुन २ गते नै प्रदेश सरकार गठन भएर काम कारबाही अघि बढाउने समयमा कर्मचारीको अभाव तथा भएका कर्मचारीले समेत असहयोग गर्न थालेपछि काम अगाडी बढाउन नसकिएको पत्रमा उल्लेख छ।

‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ। यसबारे प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिपरिषद्का साथीहरू वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरूबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभुत भएको छ। प्रदेश सरकार बन्यो तर प्रदेशलाई चाहिने कर्मचारीहरू स्रोत र साधनको ठूलो अभाव छ’, प्रधानमन्त्रीलाई लेखिएको पत्रमा उल्लेख छ,‘ कर्मचारी अभावमा धेरै दिनसम्म प्रदेश सरकारको काममा अवरोध गरिराख्नुको सट्टा त्यसका विकल्पहरू प्रदेश सरकारले आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.