|

हेटौँडा : मकवानपुरको हेटौँडामा सम्पन्न हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ। त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि कब्जा गरेको हो।

प्रतियोगिताको खेल अवधिभर दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजाको लागि टाइब्रेकरको साहारा लिइएको थियो। टाइब्रेकेरमा आर्मीको तर्फबाट गोलरक्षक विकेश कुथु, सन्तोष तामाङ, दीप लामा र विवश बस्नेतले गोल गरे भने नवयुगको प्रहार पोलमा लागेर फर्किएको थियो।

पुलिसका लागि सुमन लामा, अजित राजभण्डारी र दिनेश राजवंशीले गोल गरे पनि तेज तामाङको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोकेका थिए भने बुद्ध लामाको प्रहार बाहिरिएको थियो।  विजेता आर्मीले नगद ५ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिसले नगद ३ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउनु पर्‍यो। 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै आर्मीका विमल पाण्डेले नगद ५० हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै, उत्कृष्ट फर्वाड पुलिसका अभिषेक रिजाल, मिडफिल्डर पुलिसका तेज तामाङ, गोलरक्षक आर्मीका विकेश कुथु, डिफेन्स पुलिसका दिनेश राजवंशी, प्रशिक्षक आर्मीका नवीन न्यौपाने घोषित हुँदै जनही १५ हजार रुपैँया प्राप्त गर्न सफल भएको आयोजक सुमन भोम्जन खेलकुद प्रतिष्ठानले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.