|

काठमाडौं : प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। फागुन ६ देखि सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सञ्चालन भएको प्रतियोगितको फाइन खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई ३\१ को सेटमा पराजित गरेको हो।  त्यस्तै, नेपाल प्रहरी क्बल तेस्रो भएको छ। 

प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४ मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको १\१ तथा तत्कालीन ५ विकास क्षेत्रका ५ भलिबल टिमगरी जम्मा ८ टिमको सहभागिता रहेको थियो।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा प्रधानसेनापति क्षत्रीले प्रतियोगितामा प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र ३ लाखको चेक प्रदान गरेका हुन्। त्यस्तै, दोस्रो हुने तथा तेस्रो हुने क्रमशः पश्चिमाञ्चल भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा १ लाख ५० हजार र ७५ हजारको चेक प्राप्त गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका भैरव बम, उत्कृष्ट डिफेन्डर पश्चिमाञ्चल भलिबल टिमका दिपक थापा, उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम बहादुर मगर र उत्कृष्ट सर्भर पश्चिमाञ्चलका अमृत के.सी.ले पुरस्कार स्वरुप जनही  १०\१० हजार नगद प्राप्त गरे। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका ईश्वर के.सी. ले १६० सि.सि.को पल्सर मोटरसाईकल प्राप्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.