|
फाइल फाेटाे

अफगानिस्तान : तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तिमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्।

तालिवानी समूहको सयौँको संख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासी आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको लडाइमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताए।

उक्त भडपमा विद्रोहतर्फ पनि क्षतिभएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकोले एकीन संख्या थाहा हुन नसकेको उनले बताए। घटनास्थलमा थप आक्रमण हुनसक्ने सम्भावना नभए पनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ। यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म पाउन सकिएको छैन ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.