|

काठमाडौं : झापाका पुराना वामपन्थी नेता तथा पूर्वसभाषद धर्मप्रसाद घिमिरे काठमाडौंबाट बेपत्ता भएका छन्। २ वर्षयता डिप्रेसनको शिकार भएका घिमिरे काठमाडौंको गौरीघाटदेखि शुक्रबारबाट बेपत्ता भएका हुन्।

झापा आन्दोलनमा मारिएका शहीद नेत्रप्रसाद घिमिरेका दाजु ७४ वर्षीय धर्मप्रसादलाई उपचारका लागि झापाबाट काठमाडौं ल्याइएको उनका भाइ नरेन्द्रप्रसाद घिमिरेले जानकारी दिए। उनले भने,‘दाजु २ वर्षदेखि डिप्रेसनमा हुनुहुन्थ्यो। त्यही भएर राम्रो उपचार गर्नुपर्छ भनेर हामीले काठमाडौं ल्यायौँ। तर हिजोबाट बेपत्ता हुनुभयो।’ उनी ओम अस्पतालमा उपचाररत रहेको भइ नरेन्द्रले जानकारी दिए।

उनले भने,‘हिजो बिहान भइको घर अगाडि पत्रिका पढ्र्दै हुनुहुन्थ्यो। एकै छिनमा हराउनुभयो।’ उनको खाजीका लागि आफूहरुले प्रहरीमा समेत उजुरी गरिसकेको जानकारी दिए। घिमिरे २०२५ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा थिए। उनी वापन्थी नेता सीपी मैनालीका सहयोद्धाका रूपमा परिचित छन्। उनी झापा आन्दोलनका चर्चित नेता पनि हुन्। २०२९ सालमा झापा विद्रोहका क्रममा पक्राउ परी घिमिरेले ७ वर्ष जेल जीवनसमेत बिताइसकेका छन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा झापा क्षेत्र १ बाट निर्वाचित घिमिरे संविधानसभा विगठन भएयता स्वतन्त्र बसेका थिए। कसैले भेटेमा भाइ नरेन्द्रको सम्पर्क ९८५२६३२०३२ मा सम्पर्क गर्नसमेत उनका आफन्तले अग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.