|

बारा :  पूर्वसहरी विकासमन्त्री तथा माओवादी केन्द्रका नेता प्रभु साहले वाम नेतृत्वको सरकारको प्राथमिकता आर्थिक विकास हुने बताएका छन्। बाराको प्रसौनी गाउँपालिका ६ बेलवामा शनिबार बंगरी सिँचाइ योजनाको शिलान्यास गर्दै नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद साहले गरिबी अत्य गरी मुलुकलाई आर्थिक रूपमा सवल बनाउने सरकारको प्राथमिकता हुने बताएका हुन्।

नेता साहले १/२ दिनमा सरकारले पूर्णता पाउने विश्वास ब्यक्त गरे। ‘विकास निर्माणका योजनालाई कार्यान्वय गरी रोजगारी सृजना गर्न सकिन्छ’, रौतहट ३ का सांसद साहले भने, ‘मधेसमा कृषि उत्पादन बृद्धि गर्न सिँचाइको आधुनीकरण गर्न आवश्यक छ।’

गरिबी अन्त्यका लागि शिक्षामा जोड दिँदै पूर्वमन्त्री साहले प्राविधिक शिक्षाले रोजगारीको अवसर प्राप्त हुने बताए। पुराना पूर्वधार र राज्यको उचित व्यवस्थापनको कमिले नेपालका नदीनालाकाे पानी खेर गइरहेको बताए। कहीँ पानीले गर्दा बाढी आउने गरेको कहीँ पानी नपाएर जमिन सुख्खा नै रहने गरेको बताए।

बारासँग सिँचाइको प्रचुर सम्भावना हुँदा-हुँदै अहिलेसम्म खेतहरुमा सिँचाइ र विजुलीको सुविधा पुग्न नसक्नु आफैँमा दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। ८ करोड ६६ लाख ४५ हजारको लागतमा निर्माण गर्न लागिएको सिँचाइ योजना कार्यान्वयमा आएपछि स्थानीयलाई हजारौँ हेक्टर जमिन सिँचाइ गर्न सहज हुने स्थानीय उमेश कुश्वाहले जानकारी दिए।

सिँचाइ योजनाको निर्माणले प्रत्यक्ष रुपमा ४ सय ३ घरधुरीका ३ हजार ८ सय २७ जना लाभन्वित हुने बारा सिँचाइ योजनाका प्रमुख इन्जिनर महेशदास थारूले बताए। ३०.३५ मिटर लम्बाई भएको बाँध १५ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.