|

इंग्लिस प्रिमियर लिग फुटबलमा पछिल्लो समय सनसनीपूर्ण प्रदर्शन गर्दै आएको लिभरपुलले आफ्नो यो लयलाई कायमै राखेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले लगातार तेस्रो खेलमा चार गोलको स्कोर निकाल्ने क्रममा वेस्टह्याम युनाइटेडलाई ४-१ को भारी गोल अन्तरले जित निकाल्दै म्यानचेस्टर युनाइटेडलाई तेस्रो स्थानमा धकेलिदिएको छ।

लिभपरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साइडो मानेले १–१ गोल गरे। खेलको २९ औं मिनेटमा सलाहको पासमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ५१ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले २-० को अग्रता लियो। ५७ औं मिनेटमा फिरमिनेले लिभरपुलका लागि तेस्रो गोल थपे।

तर ५९औं मिनेटमा मिचाइल एन्टोनीले वेस्टह्यामका लागि गोल गर्दै लिभरपुलसँगको अग्रता घटाउने कोसिस गरे। खेलको अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएको लिभरपुलले ७७ औं मिनेटमा चौथो गोल थप्दै समग्रमा खेल ४-१ को अवस्थामा पुर्‍याएका थिए। त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्। जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ५६ अंकसहित तेस्रो स्थानमा छ।

स्वारेजको कीर्तिमान बराबरी

वेस्टह्यामविरुद्धको गोलसँगै मोहम्मद सलाहले लुइस स्वारेजले बनाएको ३१ गोलको कीर्तिमान बराबरी गरेका छन्। सन् २०१३-१४ सिजनमा लुइस स्वारेजले ३७ खेलमा ३१ गरेका थिए। यो सिजनमा इटालियन क्लब रोमाबाट लिभरपुलमा आबद्ध भएका इजिप्सियन स्टार सलाहले ९ वटा एसिस्ट पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.