|

काठमाडौं : भूकम्पको अनुदान लिएर बनेका संरचना ‘न घर न धन्सार’ भएका छन्। भूकम्पपछि सरकारले उपलब्ध गराएको आवास निर्माण अनुदान लिएर बनेका केही संरचना बस्न लायक नै छैनन्।

घर नढलीकनै पनि मौका छोपेर अनुदान लिएकाले तयार पारेका संरचना घर भन्न नालायक देखिएका हुन्। घर बनाउने नाममा सरकारले दिएको अनुदान पचाउनकै लागि तयार पारिएको संरचना सडक छेउमा खुद्रा पसलेले पसल चलाउने घुम्ती(घर) जस्तै छन्। ‘यी घर हेर्दा उउटा मात्र कोठा देखिन्छ,’ कोष तथा लेखा नियन्त्रकको कार्यालय(कोलेनिका) धादिङका प्रमुख यज्ञप्रसाद ढकाल भन्छन्, ‘घर हो कि, शौचालय हो कि बाख्राका खोर हो, यकिन गर्न कठिन छ।’

भूकम्पपीडितको आवास निर्माण अनुदान निकासा गराउने निकाय कोलेनिका प्रमुखले नै जिल्ला सदरमुकामसँगै जोडिएको नीलकण्ठ नगरपालिका–१२ मा निर्मित घरको फोटो राखेर सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गरेका छन्। ‘सरकारले कति किस्ता रकम निकासा भयो भनी दिनहुँ सूचना माग्छ, धेरै र छिटो निकासालाई प्रगति मानेको छ। तर घरको बनोट हेर्दा न बस्ने घर बन्यो न सरकारी रकम सदुपयोग भयो,’ उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘ भूकम्पको बहानामा धेरै कर्मचारी नियुक्त भए, संस्थाहरु खुले, देशविदेश भ्रमण भए। जनता भूकम्पपीडित नै हुने भए। प्राधिकरणसँग सरोकार राख्ने राजनीतिज्ञ, कर्मचारीतन्त्र, प्राविधिक र अन्य निकायको सोच र योजना यी घरबाट अनुमान गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.