|

काठमाडौं:  चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षको उमेरमा शनिबार राति  युएईमा हृदयाघातबाट उनको निधन भएको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार वैवाहिक समारोहका लागि युएईमा पुगेका बेला हृदयघात भएर उनको निधन भएको हो। श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज, इंग्लिस विंग्लिस लगायत ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी थिइन्। उनले 'मलयालम’ र ‘मे तेलुगु’  चलचित्रमा बाल कलाकारका रुपमा अभिनय गरेकी थिइन्।

श्रीदेवी सन् १९७५ को ‘जुली’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा अभिनय गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.