|
फाइल फोटो

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघले सातै प्रदेशको आर्थिक संभावना र चुनौति पहिल्याउन आजदेखि आर्थिक बहस सुरु गर्ने भएको छ। 'अभियान सृमद्धिकोः साझेदारी निजी क्षेत्रको' नाराका साथ आइतबारदेखि पोखराबाट आर्थिक बहस सुरु गर्ने महासंघका वरिष्ट उपाध्यक्ष शेखर गोल्छाले बताए। 

गोल्छाका अनुसार सातै वटा प्रदेशका संभावना र चुनौतिको विषयमा बहस गरेर निचोड निकाल्ने तयारी गरिएको गोल्छाले बताए। 'सातै प्रदेशमा आफ्नाआफ्ना मौलिकता छन् ती प्रदेशमा संभावना र चुनौतिको विषयमा बहस गरेर निचोड निकाल्नेछौँ' गोल्छाले भने।

बहस सबै प्रदेशमा मुख्यमन्त्री, अर्थमन्त्री, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधीको सहभागिता रहने जनाइएको छ। सबै प्रदेशमा बहस गरेपछि अन्तिममा केन्द्रिय सरकारसँग काठमाडौंमा छलफल गर्ने र सुझाब दिईने महासंघको योजना रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.