|

 काठमाडौं:  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार (आज)देखि सुरु हुँदैछ। बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले संसदीय दलको विधानलाई पारित गर्ने केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताए। 

आइतबारको बैठकले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार उठाउने वा नउठाउने भन्ने विषयको टुंगो लगाउने तयारी छ। शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदको बैठकले पार्टीको विधान परिमार्जन सम्बन्धी प्रस्ताव अनुमोदन गरेको थियो। 

चुनावी समिक्षा र भावि रणनीतिका विषयमा बैठकमा छलफल गर्ने तयारी भएपनि सभापति शेरबहादुर देउवाले आइतबार नै बैठक सक्ने तयारी गरेका छन्। युवा नेताहरूले नेतृत्व परिवर्तनको बहस गरेको र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सभापतिले नैतिकताका आधारमा राजीनामा दिन दबाब दिएपछि देउवाले आइतबार नै बैठक सक्ने तयारी  भएको स्रोतको दावी छ। 

कांग्रेसमा महासमिति बैठक बोलाउनका लागि दबाब मुलक कार्यक्रम चलिरहेको छ। शनिबारको बैठकमा पनि संस्थापन र पौडेल पक्षबीच चर्काचर्की परेको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.