|

काठमाडौं :  नेपाल–भारत बीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन प्रतिवेदनमा दुई देश सहमति नजिक पुगेका छन्। काठमाडौंमा शनिबारदेखि सुरू भएको  प्रवुद्ध व्यक्ति समूह (इपिजी) को बैठकमा  शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन प्रतिवेदन र पारवहनका विषयमा भएको छलफल झण्डै सहमति नजिक पुगेको समूहका नेपाल तर्फका सदस्य निलाम्बर आचार्यले बताए।

आइतबार बिहान १० बजेदेखि होटल र्‍याडिसनमा पुन बस्ने बैठकमा मस्यौदामाथि थप छलफल गरि अन्तिम रुप दिइने उनले बताए। बैठकपछि निश्कर्षलाई दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सर्वाजनिक गर्ने तयारी छ। 

हालसम्मका बैठकका उपलब्धिलाई लिपिबद्ध गरी मस्यौदालाई अन्तिम रुप दिने सहमति भएको आचार्यको भनाई छ। विज्ञ समूहले तयार पार्ने प्रतिवेदनलाई कार्यान्वयन गर्ने दुवै देशका सरकारले प्रतिवद्धता जनाइसकेका छन्।

 समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्र मन्त्री भेषबहादुर थापा, परराष्ट्रविद् राजन भट्टराई, संविधानविद् निलाम्बर आचार्य र कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य रहनुभएको छ। 

भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदुत जयन्त प्रसाद, प्राध्यापक मेहन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.