|

इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा–९ बबियामा शनिबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन्। उनलाई ना२ख ९८४६ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। ठक्कर दिने बस जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.