|

बुटवल : शिक्षकको मानसिक यातनापछि सहपाठीले आत्महत्या गरेको भन्दै बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।

कक्षा १२ मा अध्ययनरत विक्रम सापकोटालाई शिक्षक लीला पौडेलले कुटपिट गर्दै मानसिक यातना दिएपछि आत्महत्या गर्न बाध्य भएकाले न्याय माग्दै आन्दोलन गरेको संघर्ष समितिका संयोजक विद्यार्थी सरोज खनालले बताए।

उनका अनुसार फागुन ११ गते शिक्षक पौडेलले सापकोटा र उनका साथीलाई विद्यालय ढिलो आएको भन्दै यातना दिएका थिए। तर, विद्यालय प्रशासनले भने विद्यार्थीलाई यातना नदिएको र अन्य कारणले आत्महत्या गरेको बताएको छ।

विद्यालयका प्राचार्य दिनेश भुसालले अनावश्यक रुपमा भ्रम छर्न खोजिएको बताए। ‘विक्रमको घरपरिवारले घटनापछि प्रहरीको रोहवरमा प्रक्रिया पूरा गरी दाहसंस्कार गरिसकेको छ,’ उनले भने, ‘परिवार दुःखमा रहेको अवस्थामा अन्य विद्यालयका विद्यार्थीहरूसमेत प्रयोग गरेर केही विद्यार्थीले विद्यालयलाई बाधा पुर्‍याइरहेका छन्।’

विद्यार्थीहरूले बिहानैदेखि विद्यालयमा नाराबाजी गर्दै धर्ना दिएका छन्। विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.