|
तस्विर : यात्रीप्रकाश पाण्डेकाे वालबाट

काठमाडाैं : काव्य मुसायराकाे दशाैँ शृंखलामा कवि डा. नवराज लम्साल र गजलकार यात्रीप्रकाश पाण्डे प्रस्तुत भए। मण्डला थिएटरमा भएकाे कार्यक्रममा डा. लम्साल र यात्रीले अाफ्ना नयाँ तथा पुराना कविता र गजलले दर्शककाे मन जिते। 

श्राेताहरूकाे बाक्लाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा डा. लम्सालले  कविताको सन्तुलन, वेश्या गमन, प्रेम र घृणा, घोषणापत्र, मायाको शृ‌ंखला, प्रेमको नाममा ३० वर्षपछि, विश्व शान्ति, फर्कन्छु साथी म त र सन्चो बिसन्चो गरी ९ वटा कविता सुनाए। उनका कवितामा समाजकाे विसंगतिलाई सशक्त रूपमा चित्रित गरेकाे पाइन्थ्याे।

जानेलाई रोकिदिन्छ, रोकिदिन्छ आउनेलाई पनि

चिन्दैन पर्खालले त्यो पर्खाल बनाउनेलाई पनि। 

जिन्दगी पनि डुङ्गा जसरी खिँइदै गएझैँ लाग्यो

जिन्दगीभर नदीमा डुङ्गा खियाउनेलाई पनि ।

गजलकार यात्रीले  यी शेर सुनाउँदा दर्शकले तालीले साथ दिए। उनले समसामयिक राजनीतिक घटना, देशकाे बेराेजगारी समस्या तथा प्रेमका रुमानी कथालाई अाकर्षक तरिकाले गजलका शेरमार्फत प्रस्तुत गरे।

वाचन शृंखला सकिएलगत्तै नेपाली गजलका एक पुनर्जागरणकर्ता ज्ञानुवाकर पौडेलले पछिल्लो समयमा युवा पिँढीका गजल पढ्दा/सुन्दा आफू पूर्ण रूपमा सन्तुष्ट रहेकाे बताए। उनले भने, 'गजललाई बचाइराख्न युवा पिँढीले खेलेकाे भूमिका शब्दमा व्यक्त गर्न सक्दिनँ।'

काव्य मुसायरा मासिक रूपमा अनामनगरस्थित मण्डला थिएटरमा सम्पन्न हुने गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.