|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा कसैको इच्छाविपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी इच्छाविपरीत लोला नहान्न र रंग नलगाउन सबैलाई आग्रह गरेका हुन्। यदि त्यस्तो गरे कारवाही गरिने उनले बताए।

होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको समेत उनले जानकारी दिए। होली र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न १०६ ठाउँमा १ हजार ५ सयजना प्रहरी परिचालन गरिएको साथै २० वटा मोबाइल टोली खटाइएको उनले बताए। होलीको अवसरमा उपत्यकाका विभिन्न १२ स्थानमा सांगीतिक कार्यक्रमको लागि निवेदन आएको उनको भनाइ छ।

अपराध नियन्त्रणको प्रहरीको यस्तो छ, योजना  

सोही पत्रकार मम्मेलनमा पोखरेलले उपत्यमा हुने गरेको आपारधिक गतिविधिलाई नियन्त्रणको लागि कठोर भएर लाग्ने बताए। 'नागरिकको धेरै जिज्ञासा प्रहरी संग सम्बन्धित छन्, यसकारण पहिलो नम्बरमा प्रहरीकै आचरण सुधार्ने प्रयास गर्ने र कुनै प्रहरीले कसैको लोपलालचमा परेर अपराधिक गतिविधि गरेको पाएमा कडा कारबाही गर्छु', उनले भने। हालसम्म उपत्यकामा बिभिन्न गम्भिर अपराधमा संगल्न ३७२ जना अभियुक्त फरार सूचीमा रहेको भन्दै उनीहरुको खोजी तीव्र पारिएको समेत उनले बताए।

समाजमा आपराधिक गतिविधि गर्ने मानिसको सूचना संकलनको लागि २०० जना भएको युवा सस्थासंग गोप्य सहमति गर्न लागेको जानकारी दिए। आफू काठमाडौं परिसर प्रमुख भएर आएयता ४२ जना गम्भीर अपराधमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको र यो अभियान नै चलाएर अगाडि बढ्ने उनले बताए। यसको लागि आर्थिक, सामान्य अपराध र गम्भीर अपराधका गरी ३ वटा पिल्लर बनाएर अप्रेशन गर्ने योजना रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.