|

उदयपुर : समयमै कृषि सडक सम्पन्न नहुँदा व्यावसायिक खेती गर्ने किसान मारमा परेका छन्। उदयपुरको रौतामाई गाउँपालिको मुकुर्ची बजारदेखि १० किलोमिटरको दूरीमा डुम्रिथुम्काका जोड्ने कृषि सडक सम्पन्न नहुँदा किसान मारमा परेका हुन्।

१० किलोमिटर दूरीमा रहेको सडकसमेत सम्पन्न भएको छैन। सडक डिभिजन कार्यालय लाहानले निर्माण गरेको सडक बेवास्ता गरेपछि सम्पन्न हुन नसकेको हो। ‘खै कति हो यो सडकको बजेट हामीलाई थाहा छैन,’ स्थानीय कृषक प्रेम राईले भने, ‘निर्माण गर्दा गर्दै ठेकेदार हुँ भन्ने पनि छाडेर गएपछि समस्या भएको छ।’
गत वर्षको समयमै भत्किएको ठाउँमा मर्मतसम्भार, पहिरो नियन्त्रणका लागि वाल, सफाइ, नाली, कटिङलगायतका समस्या छन्। सडक डिभिजन कार्यालय लाहाले निर्माण गरेका अधिकांश सडकहरू सम्पन्न हुन सकेका छैनन। सडक डिभिजन कार्यलयका अनुसार जम्मा ९ लाख बजेटमा १० किलोमिटरमा ८ किलोमिटर सडक निर्माण गरेर ठेकेदार भागेको हो। ‘खै मलाई त बजेट पनि थाहा छैन, ठेकेदार पनि थाहा छैन,’ सडक डिभिजन कार्यालयका एक प्राविधिकले भने,‘मेरो नाम नखुलाइ दिनु, म हाकिमलाई खबर गरिदिन्छु।’

कार्यलयका प्रमुखलाई सम्पर्क गर्दासमेत सम्पर्क हुन सकेको छैन। सडक जोडिने भएपछि टारी जग्गामा भएका कृषकले व्यवसायिक खेती सुरु गरेका थिए। ‘१३ रोपनी जग्गामा व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाएको थिएँ’ , कृषक भरतबहादुर थापाले भने, ‘सहकारी नै स्थापना गरेर झण्डै ५० रोपनी जग्गामा १० लाख बढीको कृषि फर्म सञ्चालन गरेका खुर्सानी बोकर बजार लानुपर्छ सडक बनिसकेको छैन।’

थापाले कृषि कार्यालयको सहकारी खेती स्कीम परियोजना अन्र्तगत कोपिला कृषि सहकारी संस्थामार्फत अकबरे खुर्सानी, उन्नतजातका बाख्रापालन, मौरीपालन, तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका छन्। परम्परा गत रूपमा कृषि व्यवसाय गर्दै आएका डुम्रथुम्का आसपासमा कृषकले मौसमी तथा बेमौसमी तरकारी खेती, पशुपंक्षी पालन, फलफूल प्रजातिको नर्सरी तथा उत्पादन, गर्दै आइरहेको स्थानीय प्रेम राईको भनाइ छ।

यसैगरी स्थानीय राजकुमार राईले सडक सम्पन्न नभएकाले उत्पादन गरिएका कृषि जन्यु वस्तुहरू बजारमा पुर्‍याउन समस्या भएको बताए। ‘तरकारीको भारी बोकेर आउनजान झण्डै गरी ३ घण्टाको पैदलयात्रा गुर्नपर्छ’, राईले भने, ‘मुर्कुची बजार पुगेपछि बोकाई ज्याला महंगो पर्ने भएकाले सोचे अनुरूप प्रतिफल पाइएको छैन।’

डुम्रीथुम्का आसपासका झण्डै सय घरधुरी परिवारले व्यवसायिक रुपमा तरकारी, फलफूल, पशुपंक्षी पालन व्यवसाय गर्दै आएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.