|

दाङ : फागुन १५ देखि लागू हुने गरी दाङमा दुग्धजन्य पदार्थको मूल्यमा वृद्धि भएको छ। दाङ जिल्ला डेरी व्यवसायी संघ घोराहीको शनिबार बसेको बैठकले दुग्धजन्य पदार्थको मूल्यमा वृद्धि गरेको हो। संघले ४ वर्षयता दुग्धजन्य पदार्थको मूल्य वृद्धि नभएको हुँदा किसानको मागलाई मध्यनजर गर्दै मूल्य वृद्धि गर्नुपरेको बताएको छ।

दुग्धजन्य सबै पदार्थहरुमा न्यूनतम दशदेखि सय रुपैयाँसम्म वृद्धि भएको छ। यसअघि, ६० रुपैयाँ प्रतिलिटरमा किन्ने पाइने दूध अब प्रतिलिटर ७० रुपैयाँ भएको छ, भने ७० रुपैयाँ प्रतिलिटरमा पाइने दहीलाई उपभोक्ताले अब ८० रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै, प्रतिकिलो ६ सयको पनिर पनि ६ सय ५० रुपैयाँ भएको छ। ९ सय रुपैयाँ प्रतिकिलोमा पाइने घिउको मूल्य एकहजार पुगेको छ भने मीठा दहीको मूल्य ९० बाट सय रुपैयाँ कायम गरिएको व्यवसायीहरुले जानकारी दिएका छन्।

पछिल्लो मूल्य वृद्धिले आइसक्रिम, मिल्क सेक, लस्सीको मूल्यमा समेत वृद्धि गर्ने निर्णय गरेको संघका अध्यक्ष इश्वरी घिमिरे बताए। दाङमा करिब १ सय ३० वटा डेरी पसलहरु सञ्चालनमा रहे पनि संघमा ४२ डेरी पसल मात्र दर्ता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.