|

काभ्रेपलाञ्चोक : ट्रिपरको ठक्करबाट काभे्रपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा आइतबार १ विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा बनेपा नगरपालिका–१ का १४ वर्षीय अमीर पाण्डे रहेको प्रहरीले जनाएको छ। 

काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुर जानेभित्रि सडकखण्ड अन्तर्गत नाला–भक्तपुरको नालामा बा४ख ६६०३ नम्बरको ट्रिपरले बनेपा आउँदै गरेको बा१५प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाण्डे गम्भीर घाइते भएका थिए। घाइते पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। 

पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत थिए। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.