|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सरकारी सेवामा रहँदा पदको दुरूपयोग गरेको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघका केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव विपीन ढकालले आइतबार केसीविरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका हुन्।

डा. केसी सरकारी सेवामा कार्यरत रहेको र सेवाबाट विमुख भएको एवं अस्पतालमा उपलब्ध हुने सेवासमेत प्रभावित हुने गरी सडकमा आन्दोलन गरेको ढकालको उजुरीमा उल्लेख छ। त्यस्तै, प्रधानन्यायाधीशको मर्यादा र गरिमामा आँच आउने क्रियाकलाप गरेकाले छानविन गर्न उजुरी दिएको ढकालले बताएका छन्।

ढकालले भने, 'न्यायालयलाई मान्छु भन्ने मान्छेले अदालतको तारेख पनि नस्वीकार्ने र सधैँ अस्पतामा बसेर सेवामा प्रभाव पार्ने गरेका छन्। त्यसैले आवश्यक छानविन गरी कारबाहीको मागसहित उजुरी दिएको हुँ।'

त्यस्तै, डा. केसीका शैक्षिक प्रमाणपत्र र सरकारी सेवाका लागि विभिन्न ठाउँमा फरक फरक जन्ममितिका प्रमाण पेस गरेको उजुरीमा उल्लेख छ। डा. केसीले  ऐन, कानुन तथा विधिको शासनको उलंघन गरेको ढकालले लेखेका छन्।

हेर्नुहोस् उजुरीको पूर्ण पाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.