|

अछाम : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामारोशन गाउँपालिका-६ की कलसी साउद र रामारेशन ७ की नरू भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

रामारोशनबाट मुजाबगरतर्फ आउँदै गरेको से१ब ३१४८ नम्बरको ट्रयाक्टरको ब्रेक फेल भएर रामारोशन गाउँपालिका-३ मुजाबगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्याल अछामका प्रहरी प्रमुख दधिराम भण्डारीले जानकारी दिए। दुर्घटनामा परी ट्रयाक्टर चालक कालिचरण चौधरी र स्थानीय डम्बर बटाला गम्भीर घाइते भएका छन्। घाइतेको बयलपाटा अस्तपताल अछाममा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.