|

बाँके : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताएका छन्।

आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भने।

पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा अझै सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिन्छ भने।

एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पुर्‍याउनु अघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने छ भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.