|

काठमाडौं : प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिब चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्।

गत पुस ३० मा  ४५  दिनको अवधि राखी सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सूचना सार्वजनिक गरेको थियो।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आइतबारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्।

मन्त्रालयका स्वेच्छिक व्यावस्थापन इकाइका उपसचिव धर्मराज रोकायाले स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीको संख्या अझ बढ्न सक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.